Shikhar Insurance
National Life

नबिल बैंकको सिईओ ढुङ्गानाको २ वर्ष कार्यकाल थपियो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक लिमिटेडले प्रभुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुङगानाको २ वर्ष कार्यकाल थपिएको छ । बैंकले सिईओ ढुङ्गानालाई थप २ वर्ष जिम्मेवारी थप गरेको हो ।

बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार ढुङ्गाना असार १७ गतेबाट लागू हुने गरी २ वर्षको कार्यकाल थपिएको हो । ढुङगानाले नबिल बैंक र नेपाल बंगलादेश बैंक एक आपसमा गाभिएपछि २०७९ असार १७ गते २ वर्षका लागि नियुक्ति पाएका थिए । ढुङ्गाना नेपाल सरकारको ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भैसकेका छन् । लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए । त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुङ्गाना निजी बैंकमा काम गर्न आएका थिए ।

नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ्ग लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ ।

नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ्ग क्षेत्रमै उदाहरणीय रहेको छ । यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैंकको शाख र विश्वसनीयतालाई थप उचाइमा पु¥याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो । साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको अध्यक्षका रूपमा नेपालको बैंकिङ्ग क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्