Shikhar Insurance
National Life

ओलीलाई शेखरको जवाफः कुनै राजनीतिक दलको धम्कीले काँग्रेस डराउँदैन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार ११:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले काँग्रेस नडराउने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई धम्क्याउन नसक्ने बताए । उनले राजाको धम्कीबाट काँग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए । बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली काँग्रेसलक्षित चेतावनी दिएका थिए । सोही विषयलाई लिएर नेता कोईरालाले काँग्रेस कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर काँग्रेसलाई चित्त नबुझे काँग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरु नमानेको आरोप लगाए । उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरु नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको बताए ।

नेता कोईरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने बताए । उनले राजनीतिक स्थायित्वपछि मात्रै आर्थिक र राजनीतिक विकास हुने बताए । नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाए । एमाले अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाए । उनले अर्को फरक प्रसंगमा जनता समाजवादी पार्टी, नेपाल फुटेको नभइ फुटाइएको बताए ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्