काठमाडौं । बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम रोखेको छ । बिहिबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।
बिहिबार छापावाला सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ रहेको छ भने अघिल्लो सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँ रहेको थियो ।
त्यस्तै, बिहिबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी मूल्य १ हजार ७ सय ४५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्