काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले चैत १६ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत सेयर बिक्रीमा ल्याएको थियो । विद्यमान सेयरधनीहरुबाट ८४ कित्ता सेयर मात्र खरिद भएको थियो । सो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सम्पुर्ण सेयर खरिदको आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरुले सूचना प्रकाशन भएको ७ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यलय, बलीया, कैलाली वा कर्पोरेट कार्यलय बुढानीलकण्ठ मण्डीखाटारमा आईपुग्ने गरी आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्