Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको ५ हजार बढी कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको ५ हजार ९ सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु रहेकाले सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा आफूले लिन चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रकृया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्