Shikhar Insurance
National Life

पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा, यस्तो छ मूल्य र फिचर

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो ।

कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको हो । नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ । गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ । १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६.७ इञ्चको एलटीपीओ ओलेड डिस्प्ले छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने र नथिङ अपरेटिङ सिस्टम २.५.३ मा आधारित रहेको कम्पनीले जनाएको छ । यसमा चार एनएम प्रोसेस टेक्नोलोजी प्रयोग गरिएको क्वालकमको एसएम८४७५ स्न्यापड्र्यागन ८ प्लस जेन१ चिपसेट छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

पछाडिको क्यामेराबाट ४ के भिडियो ३० र ६० एफपीएसमा खिच्न सकिन्छ भने अगाडिको सेल्फी क्यामेराबाट १०८० पिक्सेलको भिडियो ३० एफपीएसमा खिच्न सकिने कम्पनीले जनाएको छ ।

फिंगरप्रिन्ट सेन्सर रहेको फोनमा ४७०० एमएएचको लिथियम आयन ब्याट्री छ । नथिङ फोन टूलाई ४५ वाटको चार्जरबाट ५५ मिनटेमा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

कति छ मूल्य ?

सेता र डार्क ग्रे रङमा दुई भेरियन्टमा नथिङ फोन टू नेपालमा उपलब्ध रहेको सीजी मोबाइल्सले जनाएको छ । जसमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७५ हजार ६९९ रुपैयाँ छ । यस्तै, १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको फोनको मूल्य ८३ हजार २९९ रुपैयाँ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्