Shikhar Insurance
National Life

२८.६२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३२० कम्पनीको ९८ लाख ५५ हजार २ सय ८५ कित्ता कारोबार हुँदा ४ अर्ब ८ करोड ८८ लाख ख५३ हजार ६ सय ६४ रुपैयाँको कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै कारोबार सिईडीबी हाइड्रोपार डेभलपमेन्टको कारोबार भएको छ । कम्पनीको १५ करोड ८१ लाख २ हजार ७ सय ४४ रुपैयाँ ३० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ७० रुपैयाँ कायम रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार २ सय १९ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको मूलय घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज समाज लघुवित्त वित्तीय संस्था सहित ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ४.६४ प्रतिशतले घटेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्