Shikhar Insurance
National Life

बैशाख महिनामा आन्तरिक राजस्व विभागले उठायो साढे ३८ अर्ब ७८ करोड, पोहोरभन्दा ४ अर्ब बढी

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १४:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले बैशाख महिनामा ३८ अर्ब ७८ करोड ५१ लाख राजस्व संकलन गरेको छ । विभागले पोहोरको बैशाखमाभन्दा ४ अर्ब २८ करोड २४ लाख बढी राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्ष २०७९/०८० मा विभागले ३४ अर्ब ५० करोड २७ लाख राजस्व संकलन गरेको थियो । विभागले बैशाख महिनामा ५१ अर्ब २ करोड राजस्व असुलीको महत्वपुर्ण लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा १२ अर्ब २३ करोड कम राजस्व संकलन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैशाख महिनामा आयकर शिर्षकमा १८ अर्ब ६४ करोड लक्ष्यमा ९ अर्ब ३८ करोड मात्रै संकलन भएको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) शिर्षकमा १२ अर्ब ४९ लाख असुली लक्ष्य लिएकवमा ११ अर्ब २३ करोड असुली भएको छ ।

अन्तशुल्क शिर्षकमा १२ अर्ब ५ करोड लक्ष्य लिएकोमा ११ अर्ब ११ करोड राजस्व संकलन भएको छ । ३५ करोड २५ लाख ७५ हजार शिक्षा सेवा शुल्क असुल हुँदा ७३ करोड ३८ लाख स्वास्थ्य सेवा शुल्क असुल भएको छ । बहाल कर १९ करोड ७० लाख असुल भएको छ । चालु वर्षको १० महिनामा विभागले कुल ४ खर्ब ६८ अर्ब राजस्व असुल गरेको छ । यो पोहोरभन्दा ३५ अर्ब १४ करोड धेरै हो ।

अर्थमन्त्री वर्षमान पुनले चालु वर्षको राजस्व वृद्धिदर गतवर्षको भन्दा २० प्रतिशतले बढाउने घोषणा गरेका छन् । तर यो पुरा नहुने लगभग पक्का भैसकेको छ । चालु वर्ष आर्थिक ऐनले दिएको छुट सुविधाले बैंक तथा वित्तिय संस्थाले १५ अर्बभन्दा बढी कर तिरेका छन् । सो रकमले गर्दा राजस्व संकलनमा गतवर्ष भन्दा ९.४६ प्रतिशत प्रगति देखिएको हो ।

कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७.२१ प्रतिशत अर्थात् सात खर्ब ४६ अर्ब ८३ करोड २८ लाख बराबर उठेको छ । त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर लक्ष्य रहेकोमा ७२ दशमलव सात प्रतिशत अर्थात् ८५ अर्ब १० करोड चार लाख बराबर असुली भएको छ ।

त्यस्तै, ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्