Shikhar Insurance
National Life

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशतमात्र बजेट खर्च

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १२:४४
Hyundai
NCELL
NIMB

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४.५ प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४.५ प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो ।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ ५ अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ ५ अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारीिदए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी ४ अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले २ अर्ब ४७ करोड नौ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ७१ करोड १८ लाख खर्च गरेको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १४ करोड नौ लाख र आर्थिक मामिला मन्त्रालयले ६ करोड ६६ लाख खर्च गरेको छ । त्यस्तै, प्रदेश व्यवस्थापिकाले १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले ४ करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले  एक करोड ७३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ ३० करोड बजेट विनियोजन गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्