Shikhar Insurance
National Life

राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिने काँग्रेसको निर्णय

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १२:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौैडेललाई सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिने भएका छन् । मंगलबार बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपतिको संवैधानिक महत्व, गरिमा, मर्यादा तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानका व्यवस्थाहरुलाई हेरेर राष्ट्रपति पौडेलले सम्बोधन गर्ने संघीय संसदको संयुक्त बैठकलाई अवरोध नगर्ने निर्णय लिएको पार्टीका पमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर काँग्रेसले राष्ट्रपति पौडेलको सम्बोधनपछि भने सरकारको कुनैपनि कार्यसूचि संसदमा प्रवेश गर्न नदिने अडान पनि प्रष्ट्याएको छ । राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेपछि सरकारले ल्याएका कुनैपनि कार्यसूचिमा प्रवेश नगर्ने प्रमुख सचेतक लेखकको अडान थियो । उनले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकाले लिनुपर्ने चेतावनी समेत दिए । नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा ठगी गरेको जिकिर गर्दै छानविनका लागि संसदीय समिति नबनेसम्म सरकारको कुनैपनि कार्यसूचि संसदमा अघि बढाउन नदिने अडान राख्दै आएको छ ।

त्यसैगरी बैठकले गिरीबन्धु टि स्टेट प्रकरणका विषयलाई पनि आन्दोलनको रुपमा अघि बढाउने भएको छ । सर्वोच्च अदालतको फैसला र त्यस अघिका घटनाक्रमको गहिरो अध्ययन गरी त्यसबारे पनि थप छलफल गरी विषय अघि बढाउने निर्णय गरिएको पनि प्रमुख सचेतक लेखकले बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्