काठमाडौं । जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन दर लागू हुने भएकाे छ । कम्पनीले आज एक सूचना प्रकाशन गर्दै सेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन दर नयाँ लागू हुने भएको हो ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा रहेको धितोपत्र दलालीले लिन सक्ने सेवा शुल्क हेरफेर गरेको छ । वैशाख २३ गते आइतबार बसेको बोर्ड संचालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो ।
हाल ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ ।
जेठ १ गते देखि भने ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत कमिसन तिर्नुपर्नेछ । साथै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४ प्रतिशत कमिसन तिर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्