Shikhar Insurance
National Life

कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कूल ३ लाख ७५ हजार ३ सय ३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी निलिमा रिजाल पराजुलीको नाममा रहेको ५० हजार ८ सय ५९ कित्ता, हरिकृष्ण सापकोटाको १ लाख १२ हजार २ सय ५४ कित्ता, अनिल पराजुलीको ५० हजार कित्ता, नगेन्द्र प्रसाद विमलीको ८२ हजार ७ कित्ता, विश्वनाथ शर्माको नाममा रहेको ८० हजार १ सय ८३ कित्ता सेयर बिक्रीमा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल वा कम्पनीको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्नेगरी आवेदन पेश गर्न सक्नेछन् । सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।

साथै, तोकिएको समयमा अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति, कम्पनी वा संघ संस्थालाई बिक्री प्रकृया आगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्