काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ मा पुगेको हो ।
सोमबार नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोट सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ८१ रुपैयाँ रहेको छ ।
साथै, सीईडीबी हाईड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, कुमारी बैंक, ज्योति विकास बैंक प्रमोट सेयरको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्