काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ मा पुगेको हो ।
सोमबार ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १ सय ५७ रुपैयाँ कारोबार भएको छ ।
आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, मान्दु हाईड्रोपावर लिमिटेड, श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, गुरासँ लघुवित्त वित्तीय संस्थाको ९.७८ प्रतिशत, सीईडीबी हाईड्रोपावरको ७.६५ सहित १८९ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्