Shikhar Insurance
National Life

बीमा विश्वासिलो बजार हो, यस्ले कहिल्यै धोका दिँदैन : अध्यक्ष सिलवाल

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३१, सोमबार १४:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाले कहिल्यै धोका नदिने बताएका छन् । उनले नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आयोजना भएको सभालाई सम्बोधन गर्दै बीमा विश्वासिलो बजार रहेको र यस्ले कहिल्यै धोका दिन नसक्ने बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए । अध्यक्ष सिलवालले भने,“बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न बर्गलाई लक्षित गरी गाउँ गाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेको बताए । अध्यक्ष सिलवालले भने,“सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक छ, भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरू लगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने विश्वास छ ।”

नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य कपिल देव ओलीले प्राधिकरण, बीमक लगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसाय व्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडि बढिरहेको बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्न तथा न्यून आय भएका र विपन्न बर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए । प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक लगायत कर्मचारहरूका साथै नेपाल बीमक संघ, नेपाल निर्जीवन बीमक संघ, बीमा सर्भेयर संघ र पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहित कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणका कर्मचारीहरूबीच भएको महिला र पुरूष तर्फका फूटबल प्रतियोगिताहरूमा विजयी खेलाडीहरूलाई पदक तथा ट्रफी वितरण गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्