Shikhar Insurance
National Life

समस्याको रोकथाममा बढी ध्यान दिए स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३१, सोमबार १२:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा समस्याको रोगथाममा बढी ध्यान दिनु पर्ने बताएका छन् । आजदेखि सुरु भएको स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा श्रेष्ठले समस्याको रोगथाममा बढी ध्यान दिए स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुने बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास आवश्यक रहेको भन्दै विकासको गति बढाउनुपर्ने धारणा राखे । उनले रोगको उपचारसँगै रोगको रोगथामतर्फ दिनुपर्ने आवश्यक रहेको समेत बताए । उनले भने,“अस्पताल, उपकरण र औषधिका लागि बजेट छुट्याउने चलन छ तर हामीले रोकथामका पक्षमा बढी ध्यान दिन सकियो भने स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ ।” उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस अवसरमा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष एव् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका साथै तालिम र प्रोत्साहन जरुरी भएको बताए । उनले कोही व्यक्ति अकालमा मन नपरोस् भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सक्नुपर्नेमा जोड दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्