Shikhar Insurance
National Life

आगलागीमा परी आमा–छोरा गुमाएका परिवारलाई सभापति खतिवडाद्वारा आर्थिक सहयोग

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३१, सोमबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आगलागीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेका छन् । खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएकाका परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगत रुपमा २२ हजार र नगरपालिकाबाट उपलब्ध भएको १ लाख सहयोग प्रदान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्