काठमाडौं । चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
एक समारोहका बिचचिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका हस्पिटल डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीमा हस्ताक्षर गरेका छन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा पेश गर्नुपर्ने छ ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।
समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका व्यापार प्रवर्धन व्यवस्थापकको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्