Shikhar Insurance
National Life

विदेशी मुद्रा संचिति १९ खर्ब ८६ अर्ब रुपैयाँ पुग्यो, १५ महिनाको वस्तु आयात धान्न पुग्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३०, आईतवार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । विदेशी विनिमय सञ्चिति १९ खर्ब ८६ अर्ब पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब वरावर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा रु.१९ १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, चालु वर्षको ९ महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई.१० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु.१ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६० अर्व ४३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्व ३५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१७४ अर्व २८ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्व ७५ करोडले बचतमा रहेको छ ।

यस्ता छन् प्रमुख सूचक

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।

आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७७ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति रु.३६५ अर्व १६ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु.१९११ अर्ब ८६ करोड र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको छ ।

नेपाल सरकारको खर्च रु.९०९ अर्व ३९ करोड र राजस्व परिचालन रु. ७४८ अर्ब ४ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ७५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.३ प्रतिशतले बढेको

छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्