Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३०, आईतवार १३:३१
Hyundai
NCELL
NIMB

काठमाडौं ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिना अवधीमा आफ्ना अधिकांश सूचकहरु उल्लेख्य गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा ३९ करोड २ लाख ७३ हजार ७ सय ७८ रुपैयाँ कमाएकाे छ भने गत आवको सही अवधिमा कम्पनीले ३० करोड ९१ लाख ७९ हजार २ सष् १३ रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले गत आवको तुलनामा २६.२२ प्रतिशत नाफा वृद्धि गरेको  हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १६.०६ प्रतिशत वृद्धि गरी १ अर्ब ८ करोड १६ लाख रुपैयाँ कायम गरेकाे छ । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क ९३ करोड १९ लाख रुपैयाँ कायम रहेको थियो ।

चालु आवको ९ महिनामा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २५ करोड ८४ लाख  रुपैयाँ रहेको छ भने गत आवको सोही अवधिमा कम्पनीको कर्जा २८ करोड २६ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

साथै, कमिसन आम्दानी ४२ करोड ८९ लाख ५८ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमासिक अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ७८ करोड ५० लाख ७८ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्ममा कम्पनीको कुल खर्च १ अर्ब २३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

सोहि अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड २० लाख ६ हजार ७ सय २१ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ११ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी ५२ करोड ७६ लाख ७१ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्