काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष तथा तत्कालिन प्रधनमन्त्री केपी ओलीलाई प्रचण्ड सरकारले कारवाही गर्नुपर्ने माग राखेका छन् । ओली नेतृत्वको तत्कालिन सरकारले झापाको गिरिबन्धु टि स्टेटको ३४४ बिघा जग्गा साटफेर गर्न दिने निर्णय गरेको र सो निर्णय सर्वाेच्च अदालतले उल्ट्याएकाले अब तत्कालिन सरकार(केपी ओली)लाई वर्तमान सरकारले कारवाही गर्नुपर्ने माग बालेनले गरेका हुन् ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै १० अर्ब भन्दा बढी मूल्यको जग्गा साटफेरमा संलग्नहरुलाई कानुनी कारवाही गरिनुपर्ने र सो जग्गाका लागि बैना तिरेका नागरिकहरुले पनि बैना फिर्ताका लागि कानुनी उपचारमा जानुपर्नेमा पनि जोड दिएका छन् ।
बालेनका कानुनी सल्लाहकार ओम प्रकाश अर्यालले गिरिबिन्धु टि स्टेटको जग्गा घोटाला विरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेर मुद्धा लडेका थिए ।
यस्तो छ केपी ओलीलाई कारवाही गर्नुपर्ने बालेनको फेसबुक स्टाटास
एउटा मान्छेको इमानदारीता ले के सम्म गर्न सक्छ भन्ने उदाहरण हो यो केश ।
झापास्थित गिरीबन्धु चिया बगान ९गिरीबन्धु टि–इस्टेट०अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ।
अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ ।
यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ ।
अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले । जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ ।
देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल हाम्रो कानुनी सल्लाहकार ओम प्रकाश अर्याल सरलाई धेरै धेरै धन्यवाद । धन्न तपाइँ जस्तो कोहि हुनु हुन्छ र सरकारी सम्पत्ति बचेको छ ।
प्रतिक्रिया दिनुहोस्