Shikhar Insurance
National Life

भारत सरकारको ३ करोड सहयोगमा बैतडीमा सामुदायिक विकास परियोजनाको शिलान्यास

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ३ करोड १० लाख आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

पाटन नगरपालिका प्रमुख गौरीसिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले आज संयुक्तरूपमा भवनको शिलान्यास गरेको दूतबासले जनाएको हो । कार्यक्रममा नगरप्रमुख रावलले नेपालका विकास प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे । उनले नयाँ बन्ने भवनले विद्यार्थीको गुणस्तरीय शिक्षण सिकाइमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले भवन ब्लक–ए र ब्लक–सी गरी दुई खण्डमा निर्माण हुनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइनेछ भने पाटन नगरपालिकामार्फत त्यसको कार्यान्वयन गरिनेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका र पाँच सय ५१ भन्दा बढी परियोजना अगाडि बढाइएका छन् । यीमध्ये बैतडीमा दुईसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्