Shikhar Insurance
National Life

आज साँझदेखि कैलालीका सीमानाका बन्द

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार ११:१६
Hyundai
NCELL
NIMB

कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् ।

भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यही वैशाख ३१ गते खिरीमा लोकसभा सामान्य निर्वाचन हुँदैछ, मतदान समाप्त नहुँदासम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार भएको छ उनले भने ‘उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज (शुक्रबार) साँझ ६ बजेदेखि वैशाख ३१ गते मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द हुने छन् ।’

सुरक्षा संवेदशीलताका कारण सो अवधिमा आवतजावत पूर्णरुपमा बन्द रहने उहाँले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्