काठमाडौं । साताको तेस्रो कारोकारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार तेजावी सुनमो मूल्य प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
साथै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ७५ रुपैयाँ रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्