काठमाडौं । मिटर ब्याज तराईमा सामाजिक अभ्यासका रुपमा रह्यो, अलि-अलि पहाडमा छ । यो तराईमा अहिले पनि कस्ता प्रथाहरु छन् भने, उहाँसंग (प्रश्नकर्ता राज कुमार शर्मा) मैले ऋण लिए, ऋण लिदाँ पनि दृष्टि बन्धक केही राखेर पनि होइन, धरौटी राखेर पनि होईन ।
तपाईंले भोगचलन गर्दै गर्नुस्, पैसा तिरेका बखत मेरै हुन्छ भन्ने कागज पनि होईन । जमिन नै पास गरिदिने, मैले उहाँलाई जमीन पास गरिदिने, उहाँले मलाई ऋण दिने । कानुनी हिसाबले भन्ने हो भने मैले जमीन पास गरिदिएको छु ।
गाउँको चलन के हो भने मैले जुन ब्याज कबुल गरेको छु, त्यो चुक्ता गरेपछि त्यो जमिन फिर्ता हुन्छ । केही गर्न पैसा चाहियो भने बैंकले पैसा दिदैन, धरौटी खोज्छ । मिटर ब्याजको चर्चा चलिरहेको छ । तपाईले सात लाख रुपैयाँ बैंकमा लिनु भयो भने १० बर्षपछि ३५ लाख रुपैयाँ तिर्नुपर्छ ।
बैंकलाई ब्यजको ब्याज, ब्याजको ब्याज, ब्याजको ब्याज तिर्नुपर्छ । बैंकमा छैन, मिटर, ब्याज ? यो त अलिकति सिरियसली नहेरेर हो, कति प्रतिशत बढि लिन पाउने हो, ब्याज ? १० लाख रुपैयाँ ऋण लिएको छ भने पछि तिर्ने बेलामा ४० लाख पुगेको हुन्छ ।
कसरी तिर्छ मान्छेले ? बैंकले पनि त्यो (मिटर ब्याज) गरिराख्या छ नि । बैंकर साथिहरु पनि हुनुहुन्छ होला नराम्रो नमान्नु होला । कति सम्म चै बढि लिन पाउने ? हरेक ३ महिनामा ब्याज चाहिँ सावामा कसरी कन्भर्ट हुन सक्छ? ३/३ महिनामा सावाँमा कन्भर्ट गर्ने ? त्यो मिटर ब्याज होइन ?
मिटर ब्याज भन्या के त ? बैंकले पनि मिटर, ब्याज लिईरहेका छ । गाउँको मिटर ब्याजको त हल्ला भएको छ । सजिलो भाको छ । बैंक आफैले मिटर ब्याज गरेका छन् । ३/३ महिनामा सावाँमा कन्भर्ट गरेर । अनि उद्योग कसरी चल्छ ? ब्यवसाय कसरी चल्छ ? लोन लिने ऋणिले कसरी फिर्ता गर्छ ?
कति प्रतिसत नाफा कमाएर फिर्ता गर्न सक्छ त ? एक त १२/१५% ब्याज हुन्छ, १५% एक त ब्याजै हुनु हुँदैन । १५% ब्याजलाई पनि मिटर ब्याज गरेर कसरी हुन्छ । ब्याजलाई सावाँमा कन्भर्ट गर्न मिल्दैन । अहिले यो विषयमा छलफल चलिराख्या छ । म त भन्छु बैंकले पनि मिटर ब्याज गरिरहेको छ । निजी बैंकको मिटर, ब्याजको पनि नियमन हुनुपर्छ । गाउँमा निर्मम भएर ऋण उठाउँछ्न्, बैंक पनि त्यस्तै छन् ।
मान्छे टाट उल्टियोस् बैंकलाई मतलव छैन । भैंसी पाल्न ऋण दिएपछि भैंसी पाल्यो कि पालेन त हेर्नू पर्छ नि । उसले ब्याज मात्रै हेर्छ । धरौटी मात्रै हेर्छ । राम्रो जग्गा घर के छ ? सडकको छेउमा त्यो मात्रै हेर्छ । धरौटी हेर्छ र त्यो धरौटीलाई कसरी लिलाम गर्ने भन्ने मात्रै बैंकले हेर्ने होईन ।
कुनै कारोबार गर्न दिएपछि त्यसको अनुगमन र फलोअप गर्नुपर्छ । ऋण लिएर ब्यवसाय गर्न जानेको छ कि छैन भन्ने पनि हेर्नूपर्छ । बैंकहरु निर्मम साहु मात्रै होइन, बिकासको सहयोगी हुनुपर्छ ।
लोकान्तर डटकमको वार्सिकोत्सवमा आयोजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष ओलिले व्यक्त गरेको बिचारको सम्पादित अंश
प्रतिक्रिया दिनुहोस्