काठमाडौं । साताको पहिलो कारोबार दिनसेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ मा पुगेर बन्द भएको हो ।
सोमबार ३१० कम्पनीको ६९ लाख ७८ हजार ३ सय २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ७९ रुपैयाँ कारोबार भएको छ ।
आज बोटलर्स नेपाल (तराई) लिमिटेडको ९.०३ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ८.५२ प्रतिशत, सीवाईसी लघुवित्त वित्तीय संस्था लिमटिेडको ५.१३ प्रतिशत, दिब्याश्वरी हाइड्रोपावर लिमिटेडको ४.९२ प्रतिशत सहित ८४ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्