काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ मा पुगेको हो ।
आज ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८ सय ३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २ सय ९६ रुपैयाँ कारोबार भएको छ ।
आज पिपुल्स पावर लिमिटेडको ९.९२ प्रतिशत, सिंगटी हाईड्रो इनर्जी लिमिटेडको ७.५५ प्रतिशत, हिमालयन डिस्टिलरी लिमिटेडको ६.३३ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ५.६९ प्रतिशत सहित २२६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्