Shikhar Insurance
National Life

प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोड

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १४:५३
Hyundai
NCELL
NIMB

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताएका छन् ।

उनले शैक्षिक बेरोजगार उत्पादन न्यूनीकरण गरी प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिन सरकार तयारी अवस्थामा रहेको बताएका हुन् । आज बागमती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सेवा, कृषि, पर्यटन र खेलकुद क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । अब सरकार शिक्षामा नयाँ नीति र मोडल निर्माण गरेर अघि बढ्ने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संविधानमा उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचीमा रहेको छ । सोहीअनुसार प्रदेशले उच्च शिक्षा ऐन जारी गरी कार्यान्वयन गर्नअघि बढेको हो उनले भने । उच्च शिक्षा ऐनले व्यवस्था गरेअनुसार प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको र सो परिषद्मार्फत प्रदेशको सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको छ ।

बोर्ड अफ ट्रष्टीको व्यवस्था अन्य कुनै पनि विश्वविद्यालयमा नरहेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि बढाएको बताए । प्रवेश परीक्षा प्रणाली घातक छ । निश्चित सङ्ख्या र प्रवेश परीक्षाको नाममा नेपालमा पढ्न नदिने बाहिर पठाउने काम भइरहेको छ । यस प्रणालीको विरुद्धमा प्रदेश सरकारले कानुन बनाएर अघि बढ्छ उनले भने ।

प्रदेश सरकारले विश्वविद्यालयको आवश्यकता र औचित्य पुष्टि गर्ने गरी काम गर्नुपर्ने बताउँदै विशिष्टिकृत पाठ्यक्रम निर्माण तथा अध्यापन र विद्यार्थी पलायन रोक्न सक्ने गरी प्रदेश विश्वविद्यालयले काम गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्