Shikhar Insurance
National Life

अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १२:३४
Hyundai
NCELL
NIMB

एजेन्सी । अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ । अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो ।

विभागको श्रम तथ्याङ्क ब्यूरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ । कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभ भन्दा कम छ । फेब्रअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जुन दुई वर्षको उच्चतम स्तर हो । मार्चमा ३.८ प्रतिशत थियो । ब्यूरोले अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्