Shikhar Insurance
National Life

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : उपप्रधानमन्त्री लामिछाने

सिंहदरबार संवाददाता
२०८१ बैशाख २१, शुक्रबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भने इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसबेला बजेट छैन भन्ने कुरा आउँछ । नागरिकको ज्यान जोगाउने कुरा हो । बजेट छैन भनेर नै विपद् र जोखिम न्यूनीकरण गर्ने विषयमा त्यस्तो विपद आउँदा तत्काल उद्धार गर्नेहरु लामो समयसम्म थन्किएका छन् । प्राथमिकता के हो त्यसमा ध्यान दिनुपर्छ । सरकारका तर्फबाट प्रयास गरी नै रहेका छौं । एकीकृत प्रणालीको अभ्यास गरिरहेका छौं ।

उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्वतयारीमा जोड दिनुपर्ने बताए । उनले भने ‘विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे बृहत् छलफ हुनुपर्छ । आवश्यक स्रोतहरु उपलब्ध गराउन सरकार तयार छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्