Shikhar Insurance
National Life

नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह

सिंहदरबार संवाददाता
२०८१ बैशाख २१, शुक्रबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले देशभर विभिन्न ठाँउमा लागेको डढेलो नियन्त्रण गर्न र प्रभावितलाई तत्काल राहत वितरण गर्न सरकारसँग आग्रह गरेको छ । यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्न आवश्यक परे आपत्कालिन स्थितिको घोषणा गर्न समेत नेफेजले आग्रह गरेको हो ।

हालैका दिनहरुमा देशभर आगलागी, डढेलोको घटनाहरु बढ्दै गएको र यसका कारण जनधनको क्षतिका साथै वनजङ्गलमा क्षति भएको छ । डढेलोका कारण फैलिएको प्रदूषणले नागरिकको स्वास्थ्यमा असर परेकाले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत कुण्ठित भएको नेफेजका अध्यक्ष रोशनी अधिकारी पाठकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डढेलोका कारण राजधानीलगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदुषणको मात्रा अत्यधिक रुपमा बढ्न गएको छ । यसका कारण बालबालिका र वृद्धवृद्धाको श्वासप्रस्वासमा नै समस्या देखिन थालेको छ । आगो निभाउने संयन्त्रमा खटिएका व्यक्तिको उपयुक्त सुरक्षामा ध्यान दिन समेत नेफेजले सरकारसँग आग्रह गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्