Shikhar Insurance
National Life

सञ्चय कोषको नियुक्ति र कर्मचारी बढुवामा विवाद, अर्थले बनायो छानविन समिति

सिंहदरबार संवाददाता
२०८१ बैशाख २१, शुक्रबार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्मचारी सञ्चय कोषमा नियम विपरित कर्मचारी बढुवा भएको भन्दै विवाद भएको छ । कोषले प्रचलित कानुनको वेवास्था गर्दै कर्मचारी बढुवा गरेको भन्दै छानविन समिति गठन गरेको हो ।  अर्थ मन्त्रालयले छानविन समिति गठन गर्दै भनेको छ, ‘कर्मचारी सञ्चय कोषमा कानुनी प्रकृया पुरा नगरी हचुवाको भरमा नियुक्ति र बढुवा समेत गरिएको विषयमा छानविन गर्न समिति गठन भएको छ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले छानविन समिति बनाएको हो । समिति एक उपसचिवको नेतृत्वमा तीन सदस्यीय बनेको छ । मन्त्रालय स्रोतका अनुसार समितिले काम गर्न सुरु गरिसकेको छ । कोषमा हाल जितेन्द्र धिताल प्रशासक छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्