काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो नाममा रहेको २० लाख ७३ हजार ४ सय ४६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरकाे न्यूनतम प्रतिकित्ता मूल्य २ सय ८१ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको काठमाडौं सुन्धारा स्थित प्रधान कार्यालय वा थापाथलीस्थित नेपाल पुनबीमा कम्पनीमा आफुले खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्