काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका ४ जना जनता समाजवादी पार्टी सांसदलाई पदमुक्त नगर्न आदेश दिएको छ । सर्वोच्चले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्