काठमाडौं । सिंगटी हाईड्रो इर्नर्जीको १०० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पानीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद आज(बिहीबार)नेप्सेमा सूचीकृत भएको हो ।
बिहीबार नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा आइतबार (बैशाख २३) गतेदेखि खरिद बिक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्