Shikhar Insurance
National Life

सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन महासचिव पोखरेलको आग्रह

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

महासचिव पोखरेलले ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवि वर्गहरुले सो अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै उनीहरुलाई त्यसमा जोडने कुरामा सरकारले भुमिका खेल्ने विश्वास समेत व्यक्त गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो अभियानमा एमालेको तर्फबाट सरकारलाई साथ दिने प्रतिवद्धता समेत व्यक्त गरे । महासचिव पोखरेलले बलियो श्रम संस्कृतिको निर्माण गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष गर्नुपर्ने आवश्यकता औंल्याए ।नेपालमा लाहुरे संस्कृति विकास र समृद्धिको बाधकको रहेको आंैल्याउँदै उनले त्यसको अन्त्य गर्ने कुरामा लाग्न पनि सरकारलाई सुझाव दिए ।

मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न अवैधानिक अर्थतन्त्रको बोलवाला अन्त्य हुनुपर्ने भएकाले त्यसमा पनि सरकारले चनाखो भएर काम गर्नुपर्ने महासचिव पोखरेलको भनाइ रहेको छ । महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पनि सरकारले वैधानिक अर्थतन्त्रका प्रवद्र्धन गर्ने नीतिलाई आत्मासात गरेर अघि बढनुपर्ने बताए ।

न्युज एजेन्सी नेपाल

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्