Shikhar Insurance
National Life

सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्छ : उपसभापति गुरुङ

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १६:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् । बुधबार १३५औं मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्ने जानकारी गरे । गैरकानूनी ढोकाहरु बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने बताए । उनले विभिन्न काण्डमा मुछिएकाहरुलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए । गुरुङले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोहीपनि मालिक नहुने जानकारी गरे । उपसभापति गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्