Shikhar Insurance
National Life

सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमीकका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष थापा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमीकका समस्या समाधान गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।

उनले कति वर्षमा देशभित्र रोजगारी सिर्जना गर्नसक्ने भन्ने बारेमा सरकार स्पष्ट खाका तयार पार्न आवश्यक रहेको बताए । उनले विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरुलाई देशमै रोजगारी दिइ फिर्ता गर्नसक्ने अवस्था कहिले बनाउने ? भन्दै प्रश्न गरे । उनले देशमा अहिलेको श्रमीकको अवस्था गम्भीर रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमीक शुन्य हुने मुलुकमा नेपाल पर्ने बताए । उनले श्रमीकहरुको पक्षमा ठोस र ऐतिहासिक निर्णय गर्न आवश्यक रहेको जानकारी गरे । अध्यक्ष थापाले श्रम ऐन संशोधन र सुधारका लागि सशक्त ढंगले अघि बढ्न आवश्यक रहेको बताए ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्