काठमाडौं । कुमारी बैंक लिमिटेडले संथपक सेयर बिक्रीमा ल्याएको छ । कम्पाीले ५ जान संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनी सीता गुरुङ्गको नाममा रहेको ८० हजार कित्ता, दिनेश विक्रम श्रेष्ठको नाममा रहेको ७ हजार ९ सय १४ कित्ता, रघुनाथ घिमिरेको १ हजार ९ सय ७९ कित्ता, राम भरोसा वैद्यको ५ हजार ९ सय ३८ कित्ता, संजय नारायणको नाममा रहेको १ हजार ३ सय १९ कित्ता सेयर गरी कुल ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडा, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा स्ेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्थालाई आवेदन खुल्ला गर्ने बैंककले एक सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्