Shikhar Insurance
National Life

उद्योग क्षेत्रको मूल्य अभिवृद्धि दर चालु आर्थिक वर्षमा ऋणात्मक हुने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १९:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष उद्योग क्षेत्रको मूल्य अभिवृद्धि दर ऋणात्मक हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार उद्योग क्षेत्रको अभिवृद्धि दर -१.६० प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको हो ।

निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगको वृद्धिदर ऋणात्मक हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । साथै, पछिल्लो समय अर्थतन्त्रमा उत्पन्न भएका विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रुपमा नै अर्थतन्त्रमा उल्लेख्उय सुधार आउन नसकेको अवस्थामा नेपालको उद्योगहरुको उत्पादनमा सकुचन देखा पर्ने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आव २०७९/८० मा उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक -१.९८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७८/७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा उद्योग क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत कायम रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्