Shikhar Insurance
National Life

दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १३:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराएका हुन् ।

के हामी परियोजनाले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा काईकाको लगानी रहेको छ । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकास गरी स्थायी पुनः एकीकरणको माध्यमबाट नेपालको सामाजिक, आर्थि विकासमा योगदान पु¥याउने उद्देश्यअनुरुप प्रथम पुनः एकीकरण तथा अभिमुखीकरण तालिम दिने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले इपिएस कोरियामार्फत कोरियाले नेपालीहरुलाई उल्लेखनीय रोजगारी उपलब्ध गराएको बताए । उनले यो कार्यक्रमले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीका अवसर र सुखद् जीवनका लागि अग्रसरता देखाएको बताए । उनले नेपाल र कोरिया सरकारको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमले धेरै नेपालीहरुलाई सहयोग पुग्ने बताए । उनले यो कार्यक्रममले दक्षिण कोरियाबाट काम गरी फर्किएका नेपालीहरुलाई खुशी बनाउने बताए ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्