Shikhar Insurance
National Life

बागलुङमा १ लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरूद्धको खोप

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १२:३४
Hyundai
NCELL
NIMB

बागलुङ । बागलुङमा १ लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरूद्धका खोप लगाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैँसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायत एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई खोप लगाइएको हो ।

संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारसँगको समन्वयमा १० पालिकाका दुई लाख ३५ हजार पशुचौपायामा खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन फिवरलगायत रोगविरुद्धका खोप लगाउने खोप लगाउने लक्ष्यसहित खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत माघबाट सुरूगरिएको अभियानखन्तर्गत हालसम्म ढोरपाटन र जैमिनी नगरपालिका तथा निसीखोला, तमानखोला र बरेङ गाउँपालिका क्षेत्रमा खोप लगाइसकिएका केन्द्रका पशु स्वास्थ्य अधिकृत केशवराज शर्माले जानकारी दिए । तथ्याङ्कअनुसार हालसम्म १८ हजार दुई सय ९६ गोरु र २९ हजार छ सय १५ राँगाभैँसीलाई खोरेत, ६४ हजार दुई सय १७ बाख्रा र १० हजार पाँच सय ३२ भेडालाई पीपीआर, सात सय २८ बङ्गुरलाई स्वाइनफिवर र छ सय ८८ बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ ।

त्यसैगरी छ पालिकाका सात हजार चार सय ९८ कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको पनि शर्माको भनाइ छ । हाल गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेका र वैशाख १८ गतेबाट बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका क्षेत्रका पशुचौपायामा खोप लगाउन सुरूगरिने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्