काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते सकिने भएको छ ।
कम्पनीले आईपीओ मार्फत निष्कासन गरेको सेयर गत वर्षको संसिर १९ गते बाँडफाँट गरेको हो ।
जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता सेयर लक इनमा रहेको थियो ।
आउदो जेठ १८ गते सोही सेयरको लक इन अवधि समाप्त हुने जानकारी कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्