Shikhar Insurance
National Life

‘हाम्रो मेडिकल सेवा’ले घरमै पीसीआर टेस्ट, औषधी डेलिभरी र कोभिड उपचार समेत गर्दै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौँ । कोरोना महामारीको विच ‘हाम्रो मेडिकल सेवा’ले सेवाग्राहीहरुको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचारको व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ । हाम्रो मेडिकलले सेवा मार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुबिधा लिन सकिने र घरैमा औसधि मगाउन समेत सकिने हाम्रो मेडिकल सेवाका प्रबन्धक सरोज महतोले बताए ।

हेल्थ सेफ्टी बक्स, रक्तचाप परिक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, व्हिलचियर, विरामीको लागि बेड लगायतका स्वास्थ्य सामाग्री घरैमा पनि मगाउन सकिने महतो बताउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै निम्न आय भएका सेवाग्राहीहरुको लागि भने यो सेवा निःशुल्क रुपमा प्रदान गरिने महतोको दावी छ। विभिन्न प्याथोलोजि ल्याब, मेडिकल सेन्टर तथा अस्पतालहरुसँगको सहकार्यमा यो सेवा प्रदान गरिदै आएको महतोले बताए।

हाम्रो मेडिकल सेवाले देश भरका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै फोन मार्फत र सामाजिक संजालमा भिडियो कल गरेर टेली—मेडिकल सेवाको पनि व्यवस्था गरेको बताइएको छ।

कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइवर, ह्वाट्सएप मार्फत पनि सम्पर्क गर्नसक्ने बताइएको छ।

हाम्रो मेडिकल सेवा छुट्टै पोलिक्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई, एउटा टिम हो जसले मेडिकल क्षेत्रका सरोकारवाला सँस्थाहरुको समन्वयमा स्वास्थ्य सेवालाई घरघरमा पुर्याउने काम गर्दछ । आगामी दिनहरुमा मेडिकल सेवा र सुविधालाई देशभरि नै विस्तार गर्ने योजना रहेको महतोले बताए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्