Shikhar Insurance
National Life

उपाध्यक्ष महजबी खातुनविरुद्ध साढे ८ लाख बढी हिनामिना गरेको आरोपमा मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका-१ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्ष महजबी खातुनविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले उपाध्यक्ष खातुनसहित छ जनाविरुद्ध ८ लाख बढी हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सबइन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्सन मनरा महोत्तरीका सञ्चालक राकेशकुमार रायविरुद्ध ८ लाख ६५ हजार एक सय ४५ बराबरको बिगो माग दाबी गर्दै आज मुद्दा दायर गरिएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गुणस्तरहीन काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्