Shikhar Insurance
National Life

अमेरिकाले ८१ खर्ब २० अर्बको हतियार तत्काल युक्रेन पठाउने, सहमतिपत्रमा वाइडेनले गरे हस्ताक्षर

सिंहदरबार संवाददाता
२०८१ बैशाख १३, बिहीबार ०९:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताएका छन् ।

युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि उनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इजरायल र ताइवानका लागि सहयोग र संयुक्त राज्य अमेरिकामा टिकटकमाथि सम्भावित प्रतिबन्ध लगाउने उपायसहित ९५ अर्ब डलरको प्याकेज पारित भएको छ, जुन महिनौंको ढिलाइपछि आएको हो । यसले युक्रेनी सेनालाई गोलाबारुदको अभाव र युद्धभूमिको असफलताको सामना गर्नुपरेको थियो ।

“मैले यसै साता प्रतिनिधि सभा र सिनेटले पारित गरेको राष्ट्रिय सुरक्षा प्याकेजमा हस्ताक्षर गरेको छु”, बाइडनले भने, “यससँगै अबको केही घण्टाभित्रै ढुवानी तत्काल सुरु हुने सुनिश्चित भएको छ ।”

राष्ट्रपति वाइडेनले भने, “यसले अमेरिका र सारा विश्वलाई सुरक्षित बनाउनेछ साथै यसले विश्वमा अमेरिकी नेतृत्वलाई निरन्तरता दिनेछ र सबैलाई थाहा छ ।” “यसले अमेरिकी साझेदारहरूलाई महत्त्वपूर्ण समर्थन प्रदान गर्दछ ताकि उनीहरूले आफ्नो सार्वभौमिकता र आफ्ना नागरिकहरूको जीवन र स्वतन्त्रताका लागि खतराहरूबाट आफूलाई जोगाउन सकून् ।

रूसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेको युक्रेनलाई कसरी आफ्नो रक्षा गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूबीच महिनौँ लामो तिक्ततापूर्ण बहसपछि मात्र यो सहायता विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो ।

गत फेब्रुअरीमा सिनेटले यस्तै प्रकारको सहायता प्याकेज पारित गरेको थियो, तर रिपब्लिकन सभामुख माइक जोनसनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका कट्टरपन्थी सहयोगीहरूको आह्वानलाई ध्यान दिँदै बाइडेनसँग आप्रवासन नीतिमा छुटको माग गर्नुभएको थियो ।

संयुक्त राज्य अमेरिका युक्रेनको एक प्रमुख सैन्य समर्थक रहेको छ, तर अमेरिकी कङ्ग्रेसले लगभग डेढ वर्षसम्म किएभको लागि ठूलो मात्रामा अनुदान स्वीकृत गरेको थिएन, र युद्धको वित्तपोषण नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि विवादको विषय बनेको छ ।

मस्कोले पूर्वबाट निरन्तर युक्रेनमाथि दबाब दिइरहेको र आगामी हप्ताहरूमा अग्रपङ्तीमा सेनाको अवस्था खराब हुने अपेक्षा गरिएको समय युक्रेनको सेनाले हतियार र भर्तीको लागि बजेटको गम्भीर अभावको सामना गरिरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्