Shikhar Insurance
National Life

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार १८:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा रहेका साना उद्यमीलाई नेपाल लघु, घरेलु तथा साना उद्योग महासङ्मा समेट्न आग्रह गरेका छन् ।

उनको सम्मान गर्न महासङ्द्धारा आज आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गाउँमा भएका साना उद्यमीलाई समेट्न सके उनीहरुले विभिन्न सीप र प्रविधि प्राप्त गरेर आफ्ना उत्पादनलाई बजारसम्म पु¥याउन मद्दत पुग्ने बताए । उनले महासङ्घमा वास्तविक उद्यमीलाई मात्र समेट्न आग्रह गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री भण्डारीले बढीभन्दा बढी महिलालाई लघु, घरेलु तथा साना उद्यममा जोड्न सके त्यसले वास्तवमै राम्रो परिणाम दिने उल्लेख गरे । महिलालाई उद्यमशिलतामा जोड्न सके त्यस्ता उद्यमले दीगोपना ल्याउने उनको भनाइ रहेको छ । सो अवसरमा महासङ्घले मन्त्री भण्डारी समक्ष विभिन्न २४ वटा मागसमेत राखेको छ । महासङ्घले महिला उद्यमी, कृषि उद्योगलगायतका उद्यमीहरुलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड पीडित उद्यमीलाई दिइँदै आएको पुनर्कर्जा कार्यक्रमलाई यथावत राख्न मन्त्री समक्ष माग राखेको छ ।

साथै, आगामी बजेटमार्फत सात सय ५३ वटै पालिकाले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकामा २० प्रतिशत बजेट विनियोजन गर्न माग गरिएको छ । महासङ्घले छरिएर रहेका लघु, घरेलु उद्योगले विशेष प्रकारका वस्तु तर अत्यन्तै सानो परिणाममा उत्पादन गर्ने हुँदा त्यस्ता उत्पादनलाई एउटा साझा ब्राण्डमा उत्पादन गर्न माग गरेको छ । त्यस्ता उत्पादनलाई बजारमा पठाउने व्यवस्थाका लागि साझा सामूहिक चिन्हमार्फत बजारीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग महासङ्ले राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्