काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१५ अंकले घटेर १९९६.१७ मा पुगेर बजार बन्द भएकाे छ ।
बुधबार ३१३ कम्पनीको ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ कारोबार भएको छ ।
बुधार सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ६ करोड ३३ लाख ९३ हजार २ सय ५८ रुपैयाँका्े कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता २ सय ८१ रुपैयाँ रहेको छ ।
बुधाबार ११७ कम्पनीको सेयर मूल्य घट्दा ११२ कम्पनीको बढेको छ भने १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लागेको छ भने माई खोला हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्