काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन मूल्य १ लाख ३५ हजार ५ सय रपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदी प्रतिताला १ हजार ६ सय ७० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ६ सय ६० रुपैयाँ रहेको थियो । चाँदी १० रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्