Shikhar Insurance
National Life

पालिकाद्वारा ३ समुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार ११:१६
Hyundai
NCELL
NIMB

झापा । जिल्लाको झापा गाउँपालिकाले ६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिएकी हुन् ।

झापाका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताइन् । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार ६ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्